काठमााडौं – उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ ।


ADVERTISEMENT


नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १/१ गोल गरे ।


ADVERTISEMENT

# # #


रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २-० को अग्रता लियो ।

७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।

रसिया टिमको अगाडि साउदी अरेबिया निरिह सावित भएको थियो । उसले गोलका गतिला अवसरसमेत सिर्जना गर्न सकेन ।

आज अर्थात् दोस्रो दिन तीन खेल हुनेछन् । जसमा पहिलो इजिप्ट र उरुग्वे बीच हुन्छ । यस्तै दोस्रो खेल मोरक्को र इरानबीच हुन्छ । यस्तै आजको अन्तिम खेल हेर्न लायक हुनेछ । पोर्चुलले राती ११:४५ बजे स्पेनको सामना गर्नेछ ।