काठमाडौँ– सभामुख कृष्णबहादुर महराले विषयगत मन्त्रालयका सम्बन्धित मन्त्रीको संसद् बैठकमा उपस्थिति नदेखिएपछि आज मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन्।


ADVERTISEMENT


विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा आज संसद् बैठकमा चार मन्त्रालयका चारै मन्त्रीको उपस्थिति नभएपछि सभामुखले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


विनियोजन विधेयक, २०७५ अन्तर्गत बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, शहरी विकासमन्त्री मोहमदस्तिका राई र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित थिएनन्।

आजको बैठकमा सांसद अमरेशकुमार सिंहले विषयगत मन्त्रालयका मन्त्रीको उपस्थित नभएकाले बैठकको कुनै औचित्यता नहुने भन्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगन गरेका थिए ।