काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदै छन् । अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन् ।


ADVERTISEMENT


ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । स्रोतका अनुसार भ्रमण टोलीमा एक सयभन्दा बढी सदस्य रहनेछन् ।


ADVERTISEMENT

# # #


ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदमा जानकारी गराउने छन् । चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श पनि गरेका थिए ।