काठमाडौं– दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।


ADVERTISEMENT


राई मोरङको बेलबारी लक्ष्मीमार्गका बासिन्दा हुन् । दाना पकाउने भाँडामा ग्यास ओभर भएपछि पड्किँदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले पोलेर घाइते भएका थिए ।


ADVERTISEMENT

# # #


सोमबार बिहान घटना भएपछि तुरुन्तै भुसान अस्पताल लगिए पनि राति दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

राई इपीएसमार्फत तीन बर्ष अघि कोरिया गएका थिए । – आजको कान्तिपुरबाट