काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) परीक्षाको नतिजा आज आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीले आज तीन बजेसम्म नतिजा प्रकाशित हुनसक्ने जानकारी दिए ।


ADVERTISEMENT


परीक्षा नियन्त्रक रेग्मीले समयमै नतिजा सार्वजनिक गर्न बोर्डले काम गरिरहेपनि केही प्राविधिक समस्याका कारण केहीदिन ढिला हुन गएको बताए । यसअघि गत बुधबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो ।


ADVERTISEMENT

# # #


परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए । एसईई परीक्षाा गत चैत आठ गतेदेखि सञ्चालन भएको थियो ।