फिदिम– रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाले राम्रो खेल्न नसकेपछि पाँचथरका एक युवकले आत्महत्याको प्रयास गरेका छन् । अर्जेन्टिनाका समर्थक रहेका याङवरक गाँउपालिका–५ का २० वर्षीय रामकुमार तावाले आत्महत्या प्रयास गरेका हुन् ।


ADVERTISEMENT


गएरातिको खेलमा क्रोएसियासँग ३–० गोल अन्तरले अर्जेन्टिना हारेपछि भावुक बनेका दाजुले आत्महत्याको प्रयास गरेको उनका भाइ लक्ष्मणले जानकारी दिए । फुटबललाई निकै माया गर्ने दाजुसँगै पक्ष–विपक्षको समर्थक भएर फुटल हेर्दा अर्जेन्टिना हारेपछि दाजु निकै छटपटिएको लक्ष्मणको भनाइ छ ।


ADVERTISEMENT

# # #


‘अर्जेन्टिना हारेपछि दाजु निकै छटपटिएका थिए,’ लक्ष्मणले भने ‘राति नै पटक पटक आत्महत्या प्रयास गरेका दाजुले दिउँसो कोही नभएको मौकामा घाँटीमा डोरी कस्नु भएछ ।’

दिउँसो तीन बजे घरको तलामा चढेर घाँटीमा डोरी लागाएर झुण्डिएको अवस्थामा परिवाका सदस्यले रामकुमारलाई उद्दार गरेका थिए ।

पाँचथर अस्पतालमा उपचार असम्भव भएपछि थप उपचारका लागि रामकुमारलाई झापा लगिएको पाँचथर प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रामकुमार गाँउमा फुटबल खेलका निकै जानकार युवकमा गनिने स्थानीयले बताएका छन् ।