एजेन्सी– क्रोएसियाविरुद्धको खेल हेर्न रसिया पुगेका दुई जना अर्जेन्टिनी फ्यानहरु नाम झुक्किँदा झण्डै हजार किलोमिटर टाढा रहेको अर्को सहरमा पुगेका छन् ।


ADVERTISEMENT


आरटीका अनुसार ती फ्यानहरु लियोनेल मेस्सी र लुका मोड्रिचको भिडन्त हेर्न निझ्नी नोभ्गोरोड पुग्नुपर्ने थियो ।


ADVERTISEMENT

# # #


तर, उनीहरु १३ घण्टा यात्रा गरेर भेलिकी नोभ्गोरोड पुगे ।

दुई सहरबीचको दुरी ९७४ किलोमिटर रहेको छ ।

उक्त खेल अर्जेन्टिनाले ३–० ले हारेको थियो ।

यद्यपि, उस्तै देखिने नामका कारण झुक्किने उनीहरु मात्र होइनन् । एक स्वीस जोडीले रोस्तोभ–अन डनमा होटेल बुक गरेको ठानेर सहर आइपुगेका थिए । तर वास्तवमा उनीहरुले ९९९ किलोमिटर टाढा रहेको रोस्तोभ भेलिकीमा कोठा बुक गरेका थिए ।

तर, स्थानीयहरुले उनीहरुका लागि चाँडै बस्ने व्यवस्था मिलाइदिएका थिए ।

यता, चिनियाँ फुटबल फ्यानहरु भोलोग्डा पुग्नुपर्नेमा ९९७ किलोमिटर टाढा भोल्गोग्राड पुगेका थिए ।