हेटौँडा– मकवापुर जिल्लाको राक्सीराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजकुमार मल्लले तीज हजार ५३९ मत प्राप्त गरी विजयी भएका छन्।


ADVERTISEMENT


उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले दुई हजार ९४४ मत प्राप्त गरेका छन् । उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्रेसका निर्मला हिमडुङले तीन हजार ५३५ मत प्राप्त गरी विजयी हुभएकी छन् ।


ADVERTISEMENT

# # #


उनकी प्रतिद्वन्द्वी एमालेका सुन्तली माया प्रजाले दुई हजार ९५० मत प्राप्त गरिन् । यसैगरी मनहरी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका एकराज उप्रेतीले चार हजार ६४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर न्यौपानेले चार हजार ३४० मत प्राप्त गरेका थिए । उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै मनिला विष्टले चार हजार ६३१ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनकी प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी कमला कार्कीले चार हजार १४७ मत प्राप्त गरेकी छन् । मकवानपुर जिल्लामा आठ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य र थाहा नगरपालिकाको प्रमुख उपप्रमुख, वडा अध्यक्ष, सदस्यको मतगणनाको परिणाम घोषणा भइसकेको मकवानपुरका जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिएका छन् ।

हेटौँडा उपमहानगरपालिकाको मतगणना कार्य अहिले पनि जारी रहेको र दुई/तीन दिनभित्रै निर्वाचन परिणाम घोषणा हुनसक्ने सम्भावना रहेको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताए । पछिल्लो मतपरिणाम अनुसार जिल्लामा एमालेले गाउँपालिका अध्यक्ष/प्रमुखमा पाँच र उपाध्यक्ष/उपप्रमुखमा सात स्थान हासिल गरेको छ ।यस्तै नेपाली काँग्रेसले अध्यक्ष प्रमुख पदमा दुई, उपाध्यक्ष/उपप्रमुखमा दुई स्थान प्राप्त गरेको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्रले)ले थाहा नगरपालिकाको प्रमुखमा एक र बागमती गाउँपालिकाको अध्यक्षमा एक गरी दुई स्थान हासिल गरेको छ । मकवानपुर जिल्लामा आठ गाउँपालिका र थाहा नगरपालिकाको मतगणना सम्पत्र भइसकेको छ ।