चितवन– भरतपुर महानगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालका बीच तीब्र प्रतिस्पर्धा सुरू भएको छ।


ADVERTISEMENT


शुरुवाती अग्रता लिएका ज्ञवाली पछिल्लो समयमा आएर केही कमजोर देखिएका छन् भने रेणु दाहालले आफ्नो अवस्थामा सुधार गरेकी छिन्। हाल सार्वजनिक पछिल्लो मत परिणाम अनुसार ज्ञवालीले १३ हजार ६ सय ३५ मत पाएका छन् भने माओवादीकी दाहालले १३ हजार ४ सय ३२ मत ल्याएका छन्। पछिल्लो मत परिणाम अनुसार रेणु देवीभन्दा मात्र २०३ मतले पछाडि छन्।


ADVERTISEMENT

# # #


त्यस्तै उपमेयरमा नेपाली कांग्रसकी पार्वती शाहले १५ हजार ५२३ प्राप्त गरेर अग्रता कायम गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी दिव्या आचार्यले ११ हजार ७३७ मत ल्याएकी छन् । भरतपुरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको छ ।