एजेन्सी–समूह ‘बी’को अन्तिम दुई खेल, तीन टोली नकआउट चरणमा प्रवेश गर्ने सम्भावना छ । अन्तिम खेल रोचक बन्ने फुटबल फ्यानहरुको अपेक्षा थियो । र, भयो त्यस्तै ।


ADVERTISEMENT


अर्को चरणमा पुग्ने अपेक्षा गरिएका दुई टोली स्पेन र पोर्चुगल नकआउट चरणमा पुगेका छन् । तर, बल्ल बल्ल । समूह चरणको अन्तिम खेलमा पोर्चुगल र स्पेनले इरान र मोरक्कोसँग बराबरी खेल्दै अर्को चरणको यात्रा तय गरेका हुन् ।


ADVERTISEMENT

# # #


स्पेनले त दुई पटक गोलले पछि परेको स्थिति उल्टाउँदै हार जोगाउनुपरेको थियो । हारबाट जोगिनुपर्ने खेलमा खालिद बोउतायिबले खेलको १४ औँ मिनेटमा गोल गर्दै स्पेनलाई स्तब्ध बनाएका थिए । तर, लगत्तै इस्कोले गोल गर्दै खेल बराबरी गरे ।

बराबरीतर्फ अघि बढिरहेको बेला खेलको ८१ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै पुनः मोरेक्कोलाई अग्रता दिलाए ।

खेल इन्जुरी समयमा प्रवेश गर्दा उता, इरानले पेनाल्टीबाट गोल गर्दै पोर्चुगलसँग बराबरी गर्न पुगेको थियो ।

यही अवस्था रहेको भए स्पेन प्रतियोगिताबाट अप्रत्यासित रुपमा बाहिरिने थियो ।

तर, ड्यानी कार्भाहालको पासमा इयागो आसपासले गोल गर्दै स्पेनका लागि ‘लाइफलाइन’ प्रदान गरे ।

खेल २–२ को बराबरीमा सकियो ।

उता, पोर्चुगलले पनि इरानविरुद्ध संघर्षपूर्ण जीत निकाल्यो । खेलको ४५ औँ मिनेटमा रिकार्डो क्वारेजमाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पोर्चुगलले पेनाल्टी पाए पनि क्रिस्टियानो रोनाल्डोले त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।

खेलको अन्त्यतिर इरानले पेनाल्टी पाएपछि खेल नाटकीय मोडमा प्रवेश गर्यो । करिम अन्सरिफार्दले गोल गर्दै इरानका लागि बराबरी गरे ।

तर, त्यसपछि कुनै गोल हुन सकेन र खेल एक–एकको बराबरीमा सकियो । योसँगै पोर्चुगलले पनि नकआउट चरणमा आफ्नो स्थान पक्का गर्यो ।

यो नतिजापछि स्पेन समूह विजेता बन्दै नकआउट चरणमा रसियाको सामना गर्नेछ भने पोर्चुगलले उरुग्वेको सामना गर्नेछ ।