काठमाडौं– समाज विकास केन्द्र नेपाल, बुढीगङ्गा गाँउपालीकाले महिला क्षमता विकाससम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मंगलबार विराटनगरको एक पार्टी प्यालेसमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।


ADVERTISEMENT


कार्यक्रममा विशिष्ट अथिती समेत रहेका युवा संघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेतले हरेक क्षेत्रमा महिला सहभागिता बढाउनुपर्ने बताए । उनले भने, ‘समाजका जुनसुकै क्षेत्रमा महिलाहरुको हस्तक्षेपकारी भुमिका हुनुपर्छ र राजनीतिमा नयाँ युवा महिलाहरुको सभागिता व्यापक बढाउनु पर्छ । अनि मात्रै महिलासम्बन्धि क्षमता विकासको सही अर्थ हुन्छ।’


ADVERTISEMENT

# # #


युवाको राजनीतिप्रतिको वितृष्णालाई हटाउन उनीहरुलाई सामाजिक राजनैतिक क्षेत्रमा सशक्तिकरण गरेर आकर्षण गर्न जरुरी रहेको उनले बताए।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा १ नम्बर प्रदेशसभा उपसभामुख सरस्वती पोख्रेल, विशिष्ट अतिथिका रुपमा प्रदेश सदस्य केदार कार्की रहेका थिए । यसका साथसाथै कार्यक्रममा ६० जनाभन्दा बढी जनप्रतिनिधिहरु सहभागी थिए ।