काठमाडौँ– पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड पुन: अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको भालुढुंगामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।


ADVERTISEMENT


पहिरोसँगै ढुंगा खस्न थालेपछि सवारी साधन बीच बाटोमै रोकिएकाले हजारौँ यात्रु अलपत्र परेका छन् । यस अघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।


ADVERTISEMENT

# # #


सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो पनि एउटा हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।