काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न नपाउने सरकारको निर्णयको विरोध गरेका छन् । उनले सिंहदरबारको नजिकै रहेको मण्डलामा प्रदर्शन गर्न नपाउने सरकारको निर्णयमा खोट रहेको बताएका हुन् ।


ADVERTISEMENT


अमेरिका, जापान लगायतका देशमा सरकारको नाकै अगाडि विरोध गर्न पाउने भन्दै उनले उत्तर कोरियाको जस्तो शासन नलाद्न सरकारलाई स्मरण गराएका छन् ।


ADVERTISEMENT

# # #


प्रवक्त शर्माले ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विटजरल्याण्ड वा जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ । तर, सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउंछु यो उत्तर कोरिया होइन नेपाल हो ।’
साथै सरकारको यो निर्णय उचित समयमा तोडिने उनले बताएका छन् । प्रदर्शनस्थलको रुपमा परिचित माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने भनी जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेको थियो ।