काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र खतरामा छ’ भनेर जनतामा भ्रम नछर्न आग्रह गरेका छन् । साथै विपक्षीहरुतर्फ संकेत गर्दै उनले अधिनायकवाद आउँछ भन्नु थेगो मात्र भएको बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताए ।
चैनेकेरे, माने भन्ने जस्तो थेगो रहेको भन्दै उनले ‘अधिनायकवाद आउँछ’ भन्ने पनि त्यस्तै भएको बताए ।


ADVERTISEMENT

# # #


सरकार लोकतन्त्र प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले यसलाई पन्छाउन सक्छ ।’

लोकतन्त्र कसैले किस्तीमा सजाएर दिएको वा अरुको पसिनाले आज्र्या होइन भन्दै उनले त्यसका लागि ४५/५० वर्षदेखि लागेका घाउका खतहरु अझै रहेको बताए ।

२०३६ सालको जनतन्त्र संग्रह ताका केटाकेटी रोयो भने पनि ‘चुप लाग चुप लाग, जनमत संग्रह भाँडिन्छ’ भन्ने गरिएको सुनाउँदै भन्दै प्रधानमन्त्री ओलीले भने, ‘केटाकेटीलाई हाउगुजी देखाए जस्तो लोकतन्त्र जान्छ भनिएको छ । यसरी जनतामा भ्रम फैउलाउने कुरा देशका लागि हितकर छैन ।’

यस्तै प्रधानमन्त्री ओलीलले केही वर्षभित्रै गरिबी दन्त्य कथा हुने दाबी गरे । उनले भने, ‘केही वर्ष भित्र नेपाल गरिबीको गीत गाउने होइन, समृद्धिको सपना देख्ने होइन, समृद्धि उपभोग गर्ने ठाउँमा पुग्न सक्छ । गरिबी दत्यकथा हुन्छ । त्यस बाटोमा पुगाउन सकिन्छ नेपाललाई ।’