काठमाडौँ– फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को टिजर रिलिज भएको छ । ‘इन्टु मिन्टु लण्डनमा’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगरको प्रमुख भूमिका छ ।


ADVERTISEMENT


साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् । रेनाशा वान्तवा राई निर्देशित फिल्म असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ।


ADVERTISEMENT

# # #


फिल्म प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयुक्त रुपमा निर्माण गरेका हुन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह(निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।