ओखलढुंगा– निर्वाचनका समयमा परिणाम बदरको माग गर्दै अदालतमा परेका सबै रिट निबेदन खारेज भएका छन् । स्थानीय तह निर्वाचनको मत परिणाम बदरको माग गर्दै उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा परेका सबै रिट निबेदन खारेज भएका हुन् ।


ADVERTISEMENT


अस्थायी इजलासमा ओखलढुंगासहित उदयपुर र सोलुखुम्बुबाट परेका सात रिट निवेदन र ३ ओटा मुद्दामध्ये ९ ओटाको अन्तिम फैसला भएको अदालतका सुचना अधिकारी ईश्वर आचार्यले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आचार्यका अनुसार उत्प्रेषण, परमादेश र निशेधाज्ञा लगायतको आदेशबाट निर्वाचन परिणाम बदर, पुनः मत गणना र पुनः मतदानको माग गर्दै परेका सात ओटा रिहरु सबै खारेज भएका छन् । त्यस्तै निर्वाचन बदर र निर्वाचित व्यक्तिको अयोग्यताका विषयमा दर्ता भएका तीन मुद्दामध्ये एक फिर्ता र एक खारेज भएको आचार्यको भनाई छ ।

हाल सोलुखुम्बु जिल्लाबाट परेको अयोग्यता सम्बन्धी एक वटा मुद्दा मात्र अदालतमा विचाराधीन रहेको छ। ‘स्थानीय तहको निर्वाचन ०७४ को परिणाम आएपछि निकटम प्रतिद्वन्द्वीले मत परिणाम अस्वीकार गर्दै दर्ता गरेका १० मुद्दा मध्ये ९ वटाको किनारा लगाइएको छ,’ उनले भने ।

मतपरिणाम अस्वीकार गर्दै ओखलढुंगाबाट चार, सोलुखुम्बु र उदयपुरबाट ३/३ ओटा मुद्दा दर्ता भएका थिए । रिट निवेदन एक वर्षभित्र टुङ्ग्याउने अदालती कार्यविधी अनुसार ९ ओटा नै फैसला भइसकेको छ ।