एजेन्सी– शनिबार फ्रान्सविरुद्धको महत्वपूर्ण खेलअघि अर्जेन्टिनाको राष्ट्रिय टोलीका प्रशिक्षक जर्ज साम्पाओलीले लियोनेल मेस्सीको निर्देशनमा टोली छनौट र रणनीति तय नभएको बताएका छन् ।


ADVERTISEMENT


समूह चरणमा नाइजेरियाबिरुद्धको निर्णायक खेलमा साम्पाओलीले कथित रुपमा मेस्सीलाई मैदानमा सर्जियो अगुएरोलाई प्रवेश गराउने वा नगराउने भनेर सोधेका थिए । भिडियो फुटेजमा साम्पाओली र मेस्सीबीच


ADVERTISEMENT

# # #


मैदानको छेउामा भएको संवादपछि साम्पाओलीले अगुएरोलाई मैदानमा प्रवेश गराएका थिए ।

जित्नै पर्ने दबाब रहेको सो खेलमा अर्जेन्टिना २–१ ले विजयी बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।

यद्यपि, साम्पाओलीले उक्त संवादलाई जसरी प्रस्तुत गरिएको छ, त्यसमा कुनै सत्यता नभएको दाबी गरे ।

कजानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साम्पाओलीले भने, ‘हामीले सो महत्वपूर्ण खेलका लागि विभिन्न विकल्प छान्यौँ र निर्णय गर्यौँ । मैले केवल अब हामीले थप आक्रामक खेलाडीहरु पठाएर हामी पूर्ववत अभ्यास गरेको रणनीति लागू गर्न लागेँ भनेर सूचना मात्र दिएको थिएँ ।’

उनले एक खेलाडी र प्रशिक्षकबीच भएको सामान्य छलफल मात्र थियो ।

आइसल्याण्डसँग १–१ को बराबरी र क्रोएसियासँगको ३–० को हारपछि खेलाडी र प्रशिक्षकबीच तनावको स्थिति सृजना भएको खबरहरु बाहिर आएका थिए । जसमा अब प्रशिक्षक साम्पाओलीले खेलाडी छनौट गर्दा र रणनीति तय गर्दा मेस्सी र ह्याभियर मास्चेरानो जस्ता सिनियर खेलाडीसँग छलफल गर्नुपर्ने उल्लेख गरिएको थियो ।

खेलको दौरानको उक्त भिडियो फुटेजले यो खबरलाई थप बल पुर्याएको थियो ।

हेर्नुहोस् भिडियोः