सुरुङ्गा, झापा– वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ ।


ADVERTISEMENT


महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले रु एक लाख ५० हजार प्रदान गरेपछि सहयोग रकम त्यति भएको वीरता जेसिज उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेतले जानकारी दिए।


ADVERTISEMENT

# # #


बस्नेतकै अगुवाइमा झापाली नागरिकको तर्फबाट अर्थ सङ्कलन गरी गत वैशाख ३ गते धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मानसहित सहयोग रकम प्रदान गरिएको थियो ।

चेम्जोङले फाउन्डेसनलाई रु एक लाख ५० हजार प्रदान गरेसँगै सहयोग राशि बढेको हो ।रासस