काठमाडौं– क्रिष्टियानो रोनाल्डोले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट बिदा नलिने संकेत गरेका छन् ।


ADVERTISEMENT


उरुग्वेसँग २–१ ले पराजित भएसँगै पोर्चुगल विश्वकपको प्री–क्वार्टरफाइनलबाटै बाहिरिएको छ । यद्यपि, आफूहरुको शीर उच्च रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


उरुग्वेविरुद्ध राम्रो खेल्दा खेल्दै पनि आफ्नो टिम जित्न नसकेको उनले बताए । भन्छन्, ‘हामीले उरुग्वे भन्दा राम्रो खेल्यौं तर, जसले गोल गर्छ, उसले जित्छ । हामी जित्न चाहन्थ्यौं, प्रतिस्पर्धा पनि गर्यौं । तर उरुग्वेलाई बधाइ छ ।’

‘समग्रमा हामी आफ्नो शीर ठाडो पारेर पर्कँदैछौं । पोर्चुगलको प्रतिनिधित्व गर्न पाएको गर्व छ ।’

उनले सन्यासबारे कुरा गर्न चाहेनन् । २०२२ मा कतारमा विश्वकप हुँदा रोनाल्डो ३७ वर्षको हुनेछन् । उनले भने, ‘मेरो भविश्यबारे कुरा गर्ने यो सही समय होइन ।’

पोर्चुगलले आफूलाई विश्वको उत्कृष्ट मध्ये एक टिमका रुपमा कायम राख्ने उनको विश्वास छ ।