काठमाडौं– प्रहरीले लागू औषध कारोबारीको एउटा समूहलार्इ काठमाडौंबाट पक्रेको छ । नक्कली हतियार र लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा धरान घर भई समाखुशी बस्ने २३ वर्षीय डेनिस राई, २७ वर्षीया प्रज्ञा राई र वनस्थलीका ३० वर्षीय सुभाष गुरुङ छन् । उनीहरु लामो समयदेखि लागू औषध कारोबार र लुटपाटमा संलग्न रहेको प्रहरी भनाइ छ ।


ADVERTISEMENT

# # #


प्रहरीले उनीहरुको साथबाट नक्कली हतियारसहित डाईजेपाम ११ थान, फेनारगन थान ११ र ब्यूप्रिनोफिन थान ११ बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले दिएको जानकारी अनुसार, उनीहरुको साथबाट प्लाष्टिकको सर्टगन, प्लाष्टिक र काठबाट निर्मित १२ बोर, प्लाष्टिकको पेस्तोलका साथै विभिन्न मोडेलका फलामको चक्कुहरु ७ थान बरामद भएको छ ।