फागुन २ । फ्रान्सका हिमाली क्षेत्रमा उद्धारका लागि खटिएका सुरक्षाकर्मीले हिमपहिरोमा परी सोमबार चार जनाको मृत्यु भएको जनाएका छन् ।उद्धार टोलीले हिमपहिरोबाट पाँच जनालाई जीवितै उद्धार गरिएका जनाएको छ ।


ADVERTISEMENT


अवर्टमिलको रिपब्लिकन कम्पनी एल्पस सेकुरिटीले टिगनिस नजिकै हिउँमा खेल्दै गरेका नौ जनालाई हिमपहिरोले बगाएपछि चार जनाको मृत्यु भएको पाँच जनालाई उद्धार गरिएको पुष्टि गरेको छ ।


ADVERTISEMENT

# # #


हिमपहिरोमा परी मृत्यु हुने नागरिक कुन देशका थिए भन्नेबारे जानकारी प्राप्त भइनसकेको उद्धार टोलीले जनाएको छ ।