लण्डन–इङल्याण्ड टीमका ३१ वर्षीय फुटबलर जेमी वर्डीकी पत्नी रेविका वर्डीले विश्वकपको ग्रुपस्टेजमा आफ्ना पतिको खेल हेर्नका लागि १ लाख ४०हजार पाउन्ड (२.८ करोड रुपैयाँ) उडाएकी छन् ।


ADVERTISEMENT


३६ वर्षीया रेविका आफ्ना चार बच्चाका साथ एक प्राइभेट जेट रिजर्भ गरेर रसियाको सेन्ट पिटर्सवर्ग पुगेकी थिइन् । प्राइभेट जेटका साथै रेविकाले प्राइभेट सेक्युरिटीको समेत प्रयोग गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


आतंकवादी संगठन (आईएसआईएस)को शिंसा मच्चाउने धम्कीलाई मध्यनजर गर्दै इङल्याण्ड फुटबल फेडरेसनले आफ्नो टिमका खेलाडीका वाग्स पत्नी वा गर्लफ्राइन्ड)का लागि अतिरिक्त सुरक्षा दिने निर्णय गरेको थियो । यसका साथै केही खेलाडीले आफ्नो प्राइभेट सुरक्षा सेक्युरिटी पनि लिएका छन् ।