विश्वकपको प्रिक्वार्टर फाइनल अर्थात अन्तिम १६ को दोड समाप्त भइसकेको छ । साथै ८ टिमले अन्तिम क्वार्टर फाइनलको याात्रा तय गरिसकेका छन् । विश्वकपको यो संस्करणको आजसम्मको यात्रामा केही गोलहरु उत्कृष्ट रहेका छन् । यहाँ ती पाँच उत्कृष्ट गोलको चर्चा गरिनेछ ।


ADVERTISEMENT


१. पोर्चुगल विरुद्ध उरुग्वेका एडिन्सन कवानीको जारी विश्वकपको सबैभन्दा उत्कृष्ट गोलमध्यको एक हो । कवानीले यस खेलमा २ गोल गरे । जसको सहयोगमा उनको टिम क्यार्टरफाइनल पुगेको थियो । उनले खेलको सातौँ मिनेटमा लुईस सुआरेजले दिएको पासमा हेडिङ गर्दै सुन्दर गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


२. अर्जेन्टिना भलै विश्वकपबाट बाहिरिसकेको छ । तर उसका स्टार खेलाडी एन्जल डी मारियाले फ्रान्स ४१ औा मिनेटमा जुन किसिमले गोल गरे । त्यो प्रतियोगिताकै उत्कृष्ट गोलमा एक छ । मारियाको यो मैदानी गोल हेर्न लायक थियो । उनले ४० यार्डको दूरीबाट यो गोल गरेका थिए । तर पनि अर्जेन्टिनाले यो खेलमा फ्रान्ससंग ४-३ को पराजय बेहोर्नु पर्यो ।

३. अर्जेन्टिनाविरुद्ध प्रि–क्वार्टर फाइनलमा फ्रान्सका बेन्जामिन पवार्डले ५७ औँ मिनेटमा गरेको गोल पनि सम्झिन लायक रह्यो । यो उनको टिमका लागि दोस्रो गोल थियो । २२ वर्षीय यी डिफेन्डरले बक्सको बाहिरबाट यस्तो शानदार शर्ट लगाए जुन तीरको जस्तै सिधा गोलपोस्ट भित्र पस्यो । विपक्षी टिमका गोलकीपर पनि यो गोल मात्र हेरिरहेका थिए ।

४. फ्रान्सलाई अर्जेन्टिनाका विरुद्ध जित दिलाउनमा अहम्र भूमिका निभाएका १९ वर्षीय किलियन एम्बाप्पेले प्रि–क्वार्टर फाइनलमा दुई गोल गरे । एक समय उनको टीम २२ ले बराबरीको स्थितिमा थियो । तर उनले कमाल फुर्ती देखाएर यति तीव्र गतिमा गोल गरे कि विपक्षी हेरेको हेर्यै भए । चेल्सीबाट खेल्ने एमबापेको दोस्रो गोल शानदार रह्यो। उनले ६८ औँ मिनेटमा उत्कृष्ट गोल गरे ।

५. बेल्जियम विरुद्ध प्रि–क्वार्टर फाइनलमा जापानका ताकासी इनुइले करिब २२ यार्डको दूरीबाट यो गोल गरे । जापानलाई यस खेलमा हार बेहोर्नु परेपनि इनुइको यो गोल उत्कृष्ट गोलमा सामेल भयो । उनको यो सर्ट करिब ६ फिट अग्ला गोलकीपर थिवर्ट कुर्टोइसले पनि थाम्न सकेनन् ।