काठमाडौँ– अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल पुर्‍याइएको छ । अनसनस्थलमै उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले एम्बुलेन्स मार्फत अस्पताल पुर्‍याए ।


ADVERTISEMENT


प्रतिस्ष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले भने, ‘उहाँलाई एक्कासी मृगौलाको समस्या भएपछि कसैलाई सोध्ने कुरा भएन, अस्पताल पुर्‍यायौँ ।’


ADVERTISEMENT

# # #


केसीको स्वास्थ्यमा समस्या भएपछि जीवन रक्षार्थ चिकित्सकहरुले अस्पताल पुर्‍याएको प्रतिष्ठान प्रमूख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । अहिले उनको इमरजेन्सी कक्षमा उपचार भइरहेको छ ।