कनैया ठाकुर, स्वकीय सचिव, उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदार
–    स्थानीय तहको संख्या थपियो कार्यदलको नेतृत्व समेत गर्नुभएका उपप्रधान तथा स्थानीय विकास मन्त्रीज्यूको ब्यस्तता बढेको पनि थियो, राजनीति कुन हिसाबले अघि बढ्न लागेको हो ?  


ADVERTISEMENT


रहरले होईन, अहिलेको समस्या समाधानकै लागि प्रधानमन्त्री, काँग्रेस सभापति र मधेशबादी दलहरुकै आग्रहमा बिजय गच्छदार सरकारमा हुनुहुन्छ । चुनाव गराउनुछ र मधेश तथा २ नम्बर प्रदेशको समस्या सुल्झाउनुछ । यस्को लागि एउटै ब्यक्ति बिजय गज्छदार, जस्ले सबै समस्याहरुको समाधान गर्दै चुनावको वातावरण बनाएर मूलुकलाई निकास दिनका लागि भूमिका खेल्ने काम भईरहेको छ । संविधान संसोधनको मधेशबादी दलहरुको मागलाई मध्यस्तकर्ताको रुपमा पनि मिलाउने काम उहाँबाट भईरहेको छ । सत्तापक्ष र प्रतिपक्षलाई समेत मिलाएर राजनीतिलाई एउटा कोर्षमा अघि बढाउन सक्षम नेताका रुपमा उहाँ सरकारमा हुनुहुन्छ र त्यसै अनुरुप काम अघि बढिरहेको छ ।
गाउँपालिकाको संख्या थपिएको छ, नगरपालिकाहरु थपिएका छन् र महानगरपालिका समेत थपिएको छ । राजनीतिलाई मिलाउनकै लागि यो भएको हो । सबै मधेशबादी दलहरुको मागलाई संबोधन गर्दै देशमा फेरी एक पटक सहमतीको राजनीतिबाट देशलाई निकास दिने काम भईरहेको छ । कार्यदलको नेतृत्वकर्ताका रुपमा मन्त्रीज्यूका तर्फबाट भएको मेहनत सफल भएको छ ।


ADVERTISEMENT

# # #


–    मिलाउनुपर्ने बिषयहरु धेरै छन्, मधेसलाई चुनावमा तयार बनाउन सरकारी प्रयास के छ ?

सपथ लिएसंगै टिकापुर घटनाका पीडितहरुलाई १५ करोड भन्दा बढी क्षतीपूर्ती पहिलो क्याबिनेटबाट उहाँले दिलाउनुभयो ।

यस्तै, दोश्रो क्याबिनेटमा मधेश आन्दोलनमा लागेका मुद्धाहरुलाई ‘आन्दोलनका मुद्धा’का रुपमा पेश गर्नुभएको छ ।
यसअघि मधेशको भूभागमा महानगरपालिका बनेकै थिएन । मन्त्रीज्यूकै सक्रियतामा बिराटनगर र बिरगञ्जलाई महानगरपालिका बनाईएको छ । यस्बाट मधेशको बर्तमान समस्या पनि समाधान हुँदैछ र मधेशका जनताहरुमा पनि हर्सोल्लास छाएको छ ।

–    उसो भए अब मूलुकले निकास पाउँछ ?

मैले निकास देखिरहेको छु । जे जती कामहरु अघि बढिरहेका छन्, यस्ले सबै राजनीतिक शक्तिहरुलाई मिलाएर देशलाई अघि बढाउने सन्दर्भमा नै भईरहेको हो । कार्यदल मार्फत काम गर्दा पनि एक्लै निर्णय गरेर होईन, सबै पक्षसंग सल्लाह गरेर समस्याको समाधान गर्ने काम भईरहेको छ । सिमाङ्कनको बारेमा कुरा उठिरहेको छ, यस्लाई पनि कसरी मिलाउने भन्नेबारे सरकार, प्रतिपक्ष र मधेशबादी दलहरुबीच छलफल चलिरहेको छ  । अहिले सम्म जेजसरी बिषय र मुद्धाहरु मिलिरहेका छन् यस्ले दोश्रो चरणको चुनावको वातावरण बनिरहेको छ । मधेशबादी दलहरु समेत चुनाबमा आएर राष्ट्रिय सहमतीका साथ नै मूलुकलाई निकास दिने गृहकार्य भईरहेको छ, यस्मा सरकार र मन्त्रीज्यूको सम्पूर्ण ध्यान केन्द्रित छ ।