दार्चुला– भालुको पित्तसहित दार्चुला प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ ।


ADVERTISEMENT


महाकाली नगरपालिका–४ बंगाबगडबाट हुम्ला जिल्ला साविकको डाडाफायाँ गाविस– ३ घर भई हाल भारतको धार्चुलामा बस्दै आएका २६ वर्षीय रेकश शाही र दार्चुला जिल्ला व्याँस गाउँपालिका–६ का ३६ वर्षीय मानसिंह धामीलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज अधिकारीले बताए ।


ADVERTISEMENT

# # #


बिहान ७ बजे पक्राउ परेका दुवैै जनालाई पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले बंगाबगडबाट पैदल हिँडिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

प्रहरीले उनीहरुका साथबाट ८९६ ग्राम बराबरको भालुको पित्त बरामद गरेको छ । बरामद भएको भालुको पित्त तथा पक्राउ परेका अभियुक्तलाई चिकित्सा जाँच गराई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको नले जानकारी दिए ।