मड्रिड– बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई सोमबार उनको सट्टामा नियुक्त गरिएको हो ।


ADVERTISEMENT

# # #


विश्वकप फुटबल प्रतियोगितामा अनपेक्षित असफलता भएकाले राष्ट्रिय फुटबललाई नयाँ तरिकाले अगाडी बढाउनुपर्ने भन्दै उनलाई हटाइएको अधिकारीहरूले जनाएका छन् ।

“लुइस इन्रीक आगामी दुई बर्षका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा निर्विरोध नियुक्त हुनुभएको छ,“ स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेजले सञ्चारकर्मीहरुसँग भने ।

लामो समय फुटबल क्षेत्रमा विताएका ४८ बर्षिय लुइसले स्पेनको फुटबल टोलीलाई प्रभावकारी र सशक्त बनाउने अपेक्षा गरिएको उनले बताएका छन् ।

रूसमा भएको विश्वकप फुटबलमा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो भने विश्व वरियतामा पनि ७०औं स्थानमा परेको थियो । रासस