चितवन– पहिरोले अवरुद्ध नारायणगढ मुग्लिनसडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


मंगलबार बिहान ४ बजे घुमाउने लगायतका स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको सडको पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो ।


ADVERTISEMENT

# # #


नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकारी शिव खनालले घुमाउनेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिए ।

पानी पर्न पनि रोकिएकोले पहिरा हटाउन सहज भएको थियो । बिहानैदेखि जाममा परेका सवारी साधनहरुलाई प्राथमिकताका साथ कटाउने काम थालिएको खनालले जानकारी दिए ।

पानीपरेसँगैं आउने पहिरोले पटक–पटक सो खण्डखण्ड अवरुद्ध हुँदै आएको छ ।