काठमाडौं–स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका ब्राजिलियन मिडफिल्डर पाउलिन्हो चिनियाँ क्लब फर्किएका छन् ।


ADVERTISEMENT


गत सिजन मात्र चाइनिज सुपर लिग क्लब गोन्जाउ एभरगार्डबाट बार्सिलोना गएका पाउलिन्हो फेरि पुरानै क्लब फर्किएका हुन् ।


ADVERTISEMENT

# # #


२९ वर्षिय मिडफिल्डर पाउलिन्होलाई बार्सिलोनाले ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गरेको थियो। तर, पाउलिन्हो एक सिजन मात्र बार्सिलोनामा बिताए ।

बार्सिलोनामा पाउलिन्होले ला लिगा र कोपा डेल रे उपाधि जितेका थिए । कीर्तिमानी मूल्यमा नेयमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) गए पछि बार्सिलोनाले पाउलिन्होलाई पाउलिन्होलाई ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गरेको थियो । गत सिजन पाउलिन्होले बार्साका लागि ४९ खेल खेल्दै ९ गोल गरेका थिए ।

रूस विश्वकपमा ब्राजिलका लागि एक गोलसमेत गरेका उनी विश्वकप लगत्तै पुरानो क्लब फर्किएका हुन् ।

बार्सिलोना आउनु अघि ३ वर्ष गोन्जाउमा रहेका पाउलिन्होले ९५ खेल खेल्दै २८ गोल गरेका थिए । यसअघि पाउलिन्होले इंग्लिस क्लब टोटनह्यामबाट फुटबल खेल्ने गरेका थिए । उनी सन् २०१५ मा चिनियाँ क्लब पुगेका थिए ।