काठमाडौं – जुम्लामा ११ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सरकारले यथाशिघ्र पूरा नगरे नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने जनाएको छ ।


ADVERTISEMENT


मंगलबार पे्रस विज्ञप्ति जारी गर्दैे संघका आजिवन सदस्य डा. गोविन्द केसीको माग चिकित्सा शिक्षा र स्वास्थ्यमा जायज रहेको भन्दै डा. केसीको माग पूरा नगरे सबै आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने सरकारलाई चेतावनी दिएको हो ।


ADVERTISEMENT

# # #


गत शुक्रबारबाट देशैभरका चिकित्सकहरुले हातमा कालोपट्टी बाँधेर सेवा प्रवाह गर्दै आएकोमा आजैबाट देशैभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले अर्को निर्णय नहुँदासम्म प्रत्येक दिन सेवा प्रवाह गर्नुभन्दा अगाडि १ घण्टा धर्ना तथा र्याली गर्ने संघले जनाएको छ ।

त्यसैगरी धर्ना तथा र्याली कार्यक्रम सञ्चालन गर्दासमेत सरकारले डा.केसीका माग यथाशीघ्र सम्बोधन नगरेमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिँदै जसको परिणामको जिम्मा सरकारले लिनुपर्ने संघको विज्ञप्तिमा उल्लेख छ ।

संघका महासचिव डा. लोचन कार्कीले भने वरिष्ठ चिकित्सक डा. केसीको स्वास्थ्य सम्बन्धि माग तत्काल सम्बोधन नभए आकस्मिक बाहेकका सबै सेवा बन्द गराउन बाध्य हुने बताए ।

उनले भने, “आईतबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर समस्या समाधानका लागि उच्चस्तरीय समिति तत्काल बनाउन माग गरेका छौँ ।”

त्यसैगरी संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले संघले सोमबार स्वास्थ्य मन्त्रीसँग पनि डा. केसीको मागको विषयमा ज्ञापन पत्र बुझाएको तर त्यसको कुनै सुनुवाई नभएको बताए ।