काठमाडौं–रसियामा जारी विश्वकप फुटबलमा खेल कौशलभन्दा बढी नाटकीय प्रदर्शन र फुर्ति देखाएकोमा ब्राजिलका स्टार स्ट्राइकर नेइमारको आलोचना भयो ।


ADVERTISEMENT


ब्राजिल यतिबेला विश्वकपको क्वार्टर फाइनलबाटै बाहरिसकेको छ । तर नेइमारबाट ‘नाटक’ सिकेको भन्दै फ्रान्सका उदयीमान खेलाडी केलियन एम्बाप्पेको आलोचना भइरहेको छ ।


ADVERTISEMENT

# # #


१९ वर्षिय स्टार खेलाडी एम्बाप्पेले पेरिस सेन्ट जर्मनका साथी नेइमारबाट यस्तो नाटकीय प्रदर्शन र फुर्ती सिकेकोमा आलोचना भएको छ । विश्वका सबैभन्दा महंगा खेलाडी नेइमार र उनको टोली क्वार्टरफाइलनमा बेल्जियमसँग २–१ ले पराजित भएको थियो ।

नेइमारको जस्तै प्रदर्शन गर्न खोज्दा नयाँ र युवा खेलाडीमा नकरात्मक असर पर्ने चिन्ता गरिएको छ । पछिल्ला कैयौं खेलमा एम्बाप्पेको प्रदर्शन नेइमारबाट प्रभावित देखिएको हो ।

अर्जेन्टिनाविरुद्ध ४–३ को जित निकाल्दा एम्बाप्पेले २ गोल गरेका थिए । एम्बाप्पेको खेल शैली ब्राजिलका रोनाल्डोसँग मिल्छ ।

तर उरुग्वेविरुद्धको खेलमा भने एम्बाप्पेले मैदानमा फुर्ति देखाए । रोड्रिगेजसँग बल नियन्त्रणका लागि संघर्ष गर्दा फुर्ति देखाएका एम्बाप्पे लड्न पुगे । त्यसपछि एम्बाप्पेले मैदानमा नाटकसमेत देखाए ।

कोष्टारिकाविरुद्ध नेइमारको नाटकलाई एम्बाप्पेको यो नाटकसँग तुलना गरिएको छ । फ्रान्सका पूर्वखेलाडी एलेन जिरेसाले एम्बाप्पेलाई फ्रान्सबाट राम्रो कुरा मात्र सिक्न भनेका छन् ।

‘उसले नेइमारबाट राम्रो कुरा मात्र सिक्नुपर्छ । रोड्रिगेजविरुद्ध उनले देखाएको व्यवहार निन्दनीय छ । नेइमार २६ वर्षका भए । एम्बाप्पे १९ का मात्र छन्,’ उनले भनेका छन्, ‘नेइमारले उनलाई सही सुझाव मात्र दिनुपर्छ । एम्बाप्पेले नेइमारलाई अझै छायामा पार्न सक्दैनन । उसले आफूलाई सुधार्नुपर्छ ।’

फ्रान्सका पूर्वप्रशिक्षक लउरेन्ट ब्ल्याकले एम्बाप्पेको प्रदर्शन उत्कृष्ट भए पनि सधैँ उसले हामीलाई जिताउँछ भन्ने नभएको बताए । ‘उ भर्खर १९ को छ । उसले बुझ्नुपर्छ, सबैथोक गर्न सकिदैँन, ’ उनले भने ।