गुल्मी– गुल्मीको हस्तीचौरमा तिन दिन अघि ११ वर्षीया नावालिका बलात्कारको अभियोगमा त्यहाँको एक पुरुषलाई गएराती प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


ईस्मा गाउँपालिका वडा नम्बर–२ , साबिक हस्तीचौर–७ डाँडा गाउँका ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई गएराती १२ बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेद्धीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार निजले असार ११ गते साँझ करिब ५ बजेको समयमा आफ्नो घरमा जाने पाइपमा पानी लगाउन जाने क्रममा ती १४ वर्षीया बालिकालाई घर मै बोलाएर बलात्कार गरेको उजुरी बुधवार दिउँसो हस्तीचौर प्रहरी चौकीमा परेको थियो ।

निज फरार रहेकोमा प्रहरीले खोज्दै जाँदा सदरमुकाम तम्घासको धागीथुममा लुकेर बसेको अवस्थामा पहरीले पक्राउ गरेको त्यस कार्यालय मुद्धाफाँटका प्रमुख असई सत्यनारायण यादवले बताए । आज देखि अनुसन्धान अगाडी बढाइने जनाइएको छ ।