पाल्पा — पाल्पाको भालेबासमा आज विहान बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन भने एक जना गम्भिर घाईते भएका छन् ।


ADVERTISEMENT


भालेवास नजिकै मोडमा साईट दिने क्रममा लु १ ख ७२७२ नं को बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा गम्भिर घाईते हुनेमा भालेवास ८ का विष्णु मल्ल रहेका छन् । प्रहरीका अनुसार बस सडकबाट १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा घाईते भएकोहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज, तानसेन लैजाँदै गरिएको प्रहरीले जनाएको छ ।