काठमाडौं – बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर टहरो पुरिँदा मृत्यु भएका ३ जनाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत दिइने भएको छ ।


ADVERTISEMENT


जिल्ला विपद् व्यवस्थापना समितिबाट चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले ज्यान गुमाएका ३ जनालाई राहत दिइने भएको हो । यसअघि पहिरोले एकैपरिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामाको मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


यसैबीच, गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर बिहीबारसम्म ५६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् ।

त्यस्तै, ३७ जना घाइते रहेको बताइएको छ । बाढी तथा पहिरो प्रभावितहरुलाई सम्बन्धित जिल्लाको प्रशासन कार्यालयमार्फत राहत वितरण गर्ने काम भइरहेको गृहले जनाएको छ ।