काठमाडौं–सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले आफैं विपक्षी भएको एउटा मुद्दाको सुनुवाइ गर्दै टिप्पणीसहित त्यसलाई ‘संवैधानिक इजलास’ मा पठाउन आदेश दिएका छन् ।


ADVERTISEMENT


मिश्रसहित अन्य दुई न्यायाधीश सम्मिलित पूर्ण इजलासले न्यायपरिषदका पदाधिकारीहरू विपक्षी भएको मुद्दामा आदेश गरेको हो ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका हैसियतले न्यायपरिषद्‍का सदस्य रहेका मिश्रसमेत उक्त मुद्दाका विपक्षी हुन् ।

आदेश गर्ने इजलासको नेतृत्व उनैले गरेका हुन् । आफूले हेर्न नमिल्ने मुद्दा दुईपटक आफ्नै नेतृत्वको इजलासमा पर्दा समेत आफूबाहेकको इजलासमा तोक्न आदेश नदिई संवैधानिक इजलासमा पठाउन आदेश गरेका हुन् ।

यसले थप जटिलता निम्त्याउने र निष्पक्ष न्याय सम्पादनमा प्रश्न उठ्ने भएको छ । किनभने संवैधानिक इजलासका दुई वरिष्ठ सदस्य नै उक्त मुद्दाका विपक्षी छन् । यसले फेरि पनि आफैं विपक्षी भएको मुद्दा आफैंले सुनुवाइ गर्ने परिस्थिति उत्पन्न भएको छ । – आजको कान्तिपुर दैनिकबाट