काठमाडौँ– प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।


ADVERTISEMENT


उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । प्रधानसेनापति क्षत्री भ्रमणका लागि यही असार १९ गते म्यानमारतर्फ प्रस्थान गरेका थिए ।


ADVERTISEMENT

# # #


भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले असार २० देखि २३ गतेसम्म म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकी, सेनाध्यक्ष सिनियर जनलर मिन आङ हलिङ र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गरेका थिए ।

साथै असार २४ देखि २९ गतेसम्म चिनियाँ रक्षामन्त्री, सेनाध्यक्ष, वेस्र्टन सेक्टर कमाण्डरलगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध वृद्धि हुनाका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।