महेन्द्रनगर, धनुषा– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ ।


ADVERTISEMENT


आज अपरान्ह सवा तीन बजे मुख्यमन्त्री राउतकी आमा राधिका देवीको निधन भएको छ । उनी ७० वर्षकी थिइन् ।


ADVERTISEMENT

# # #


सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गरिएको उनको उपचारका क्रममा निधन भएको मुख्यमन्त्री राउतको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई अन्तिम संस्कारका लागि आजै पैतृक गाउँ पर्साको जगन्नाथपुर लाने र भोलि बिहान ९ बजे मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जनाएका छन् ।

मृतक राउतका दुई छोरा र दुई छोरी छन् । जेठा छोरा लालबाबु राउत प्रदेश नं २ का मुख्यमन्त्री हुन्् भने कान्छो छोरा रामबाबु राउत कृषक छन् ।