काठमाडौं– सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसी पक्षबीच मंगलबार दुई चरणमा वार्ता भए पनि कुनै समझदारी हुन सकेन । सोमबार पनि दुई पक्षबीच छलफल भएको थियो । दुवै पक्ष आ–आफ्नो अडानबाट टसमस भएका छैनन् । एकले अर्कोलाई गलाउने रणनीतिमा दुवै पक्ष देखिन्छन् ।


ADVERTISEMENT


पेन्डुलम बनाउन खोजियोः केसी पक्ष
सरकारी वार्ता टोलीसँग तीन चरण वार्ता गरिसकेको डा. केसी पक्षले वार्ता सकारात्मक दिशामा अगाडि नबढेको बताएको छ । केसीका मागबारे सरकार पक्ष कुरै गर्न नचाहने र अनशन तोडाउन मात्रै केन्द्रित रहेको उसको आरोप छ । वार्ताका नाममा सरकारले आफूहरूलाई अलमल्याएर ‘पेन्डुलम’ बनाउन खोजेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताए । उनका अनुसार सरकारी पक्षले डा. केसीलाई सत्याग्रहीका रूपमा नभएर बिरामीका रूपमा मात्रै हेरेको छ ।


ADVERTISEMENT

# # #


व्यक्तिको स्वास्थ्यलाई पहिलो महत्वः सरकार
सरकारी वार्ता टोलीले भने डा. केसीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अडानलाई निरन्तरता दिएको छ । सोमबारजस्तै मंगलबारका दुईवटै वार्तामा टोली सदस्यहरूले डा. केसीलाई पहिले जुम्लाबाट काठमाडौं ल्याएर उपचार गर्नुपर्ने प्रस्ताव गरे । त्यसपछि माग सम्बोधनबारे छलफलमा जान सकिने उनीहरूको भनाइ छ । – आजको नयाँ पत्रिकाबाट