जुम्ला– १८ दिनदेखि अनशनरत डा. गेविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ ।


ADVERTISEMENT


सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सोमबार रातिबाट अचानक थप जटिल बन्दै गएको हो ।


ADVERTISEMENT

# # #


उनलाई छातीमा पीडा र सास फेर्न गाह्रो भएको छ ।

प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाका अनुसार केसीलाई असह्य पीडा भएपछि अक्सिजनको मात्रा बढाइएको छ ।

रगतमा अक्सिजनको मात्रा ७०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको छ । – आजको नयाँ पत्रिकाबाट