पाल्पा– रामपुर नगरपालिका–६ पाल्पाका कृष्णप्रसाद भण्डारीले खेतीयोग्य जमीन मासेर कृत्रिम ताल निर्माण गरेका छन् । भण्डारीले बुबाको स्मृतिमा रामपुर नगरपालिका–५, तल्लो भम्बक बहखोला किनारमा रहेको तीन बाली लाग्ने छ रोपनी खेत मासेर ताल निर्माण गरेका हुन् ।


ADVERTISEMENT


स्व बुबा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गरेको उनले बताएका छन् । छ रोपनी खेतमध्ये पाँच रोपनीमा ताल विस्तार भइसकेको छ भने बाँकी भागमा पर्यटक आकर्षित गर्ने उद्देश्यले बाल उद्यान तथा पार्क निर्माण गर्ने तयारी भइरहेको भण्डारीले बताए ।


ADVERTISEMENT

# # #


ताल निर्माणसँगै भण्डारीले पार्कमा पर्यटक भित्र्याउने गरी दीर्घकालीनरुपमा सञ्चालन गर्न एउटा आधुनिक डुंगा र एउटा स्थानीय सामानबाट निर्माण गरिएको डुंगा सञ्चालनमा ल्याएका छन् ।

अनुमानित रु २५ लाखको लागतमा कृत्रिम ताल र पार्क निर्माण कार्य सम्पन्न हुने उनको भनाइ छ । उनले पार्क वरपर विभिन्न प्रजातिका फूल लगाउने र ताल वरपर पनि प्राकृतिक वनस्पतिमार्फत बार लगाउने तयारी रहेको बताए । उनले पार्क परिसरमा ढुंगामाटोको नमूना घरसमेत निर्माण गरेका छन् । रासस