एजेन्सी,लन्डन– क्रिकेटको मिनी विश्व कप मानिने च्याम्पियन्स ट्रफी सुरु हुन ४ दिन मात्र बाँकी छ। टेस्टमान्यता प्राप्त ८ देश मात्र समावेश रहने यो प्रतियोगितालाई आफ्नो पक्षमा पार्न सबैले जोडतोडका साथ तयारी गरेका छन्।


ADVERTISEMENT


यसपालि सबै राष्ट्र च्याम्पियन्स ट्रफी जितको उत्तिकै हकदार मानिन्छन्। इतिहासमा ४ टिममात्र अभागी छन्, जसले यो प्रतियोगिताको उपाधि जित्न सकेका छ्रैनन्। अहिलेसम्म १३ राष्ट्रले एक पल्ट भएपनि यो प्रतियोगिता खेल्ने मौका पाएका छन्। यसमा ७ राष्ट्र यस्तो छ, जसले एक पल्ट भएपनि फाइनल खेल्ने अवसर प्राप्त गरेको छ। हालसम्म ६ राष्ट्रले च्याम्पियन्स ट्रफीको उपाधि जितेका छन्।


ADVERTISEMENT

# # #


टेस्टमान्यता प्राप्त राष्ट्रमा ४ देश मात्र यस्ता छन्, जसले उपाधि जितेका छैनन्। यसमा इङ्ल्यान्ड, पाकिस्तान, बंगलादेश र जिम्बाबे रहेका छन्। जिम्बाबेलाई छोडेर यसपालि तीनवटै टिम च्याम्पियन्स ट्रफीमा समावेश छन्।

पाकिस्तानले एकदिवसीय क्रिकेटको विश्व कप जिते पनि च्याम्पियन्स ट्रफीको उपाधि जित्न सकेको छैन्। सन् १९९२ मा इमरान खानको कप्तानीमा पाकिस्तानले विश्व कप जितेको थियो। च्याम्पियन्स ट्रफीमा पाकिस्तान ३ पल्ट सेमिफाइनलमा पुगेको थियो तर फाइनलमा एक पल्ट पनि प्रवेश गरेको छैन्। पाकिस्तान २०००, २००४ र २००९ मा सेमिफाइनलबाटै बाहिरिएको थियो। २००० र २००९ मा पाकिस्तानको सपनामाथि न्युजिल्यान्डले तुसारापात गरेको थियो। २००४ मा उसलाई वेष्टइन्डिजले सेमिफाइनलमा पराजित गरेको थियो।

क्रिकेटको जन्मदाता मानिने इङ्ल्यान्डले हालसम्म च्याम्पियन्स ट्रफी मात्र होइन, एकदिवसीय क्रिकेटको विश्व कप पनि जित्न सकेको छैन्। इङ्ल्यान्ड २ पल्ट च्याम्पियन्स ट्रफी विजयको नजिक थियो। तर, दुवै पल्ट खाली हात फर्किनु पर्यो। इङ्ल्यान्ड २००४ र २०१३ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको थियो। २००४ मा यो टोलीलाई फाइनलमा वेष्ट इन्डिजले २ विकेटले पराजित गरेको थियो। २०१३ मा भारतसँग ५ रनले पराजय भोगेपछि इङ्ल्यान्डको सबै सपना चकनाचुर भयो।

यसपालि आफ्नो देशमा आयोजना हुन लागेको च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले ठूलो आशा राखेको छ।