काठमाडौँ– नेपालका लागि सामसङ इलेक्ट्रोनिक्स आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सले सञ्चालन गर्दै आएको सामसङ प्लाजाले आफ्नो स्थापनाको १५ वार्षिकोत्सव मनाएको छ ।


ADVERTISEMENT


मंगलबार प्लाजाले १५ बर्ष वार्षिकोेत्सवको अवसरमा कम्पनीले आस्मा फाउन्डेसनका अधक्ष्य कमल केशरी तुलाधरलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्त्रण गरेको छ । उक्त फाउन्डेसनले निर्मल विद्यापथ स्कुलका २७ जना छात्राहरु र अजाद स्कुलका २३ जना छात्राहरुलाई गरि ५० जना छात्रालाई १ वर्षको पूरा छात्रवृद्धि , स्कुल ड्रेस र स्टेशनरी सामाग्री दिएकोे छ । गरिव तथा जेहेन्दार विद्यार्थीलाई यो सानो सहयोगले केही भएपनि राहत पुग्ने कम्पनीले अपेक्षा गरेका छ ।


ADVERTISEMENT

# # #


‘यो हाम्रो कम्पनीको निकै खुसीको समय हो । हामीले १५ बर्ष लामो इतिहास बनाउन सफल भएका छौं । कठिन सयममा पनि राम्रोसँग काम गर्न सकिन्छ भन्ने उदहारण भएका छौं ।’ उक्त उत्सव कार्यक्रममा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले भनिन्, ‘महिला शसक्क्तीकरणमा हामीले सानो भएपनि स्कुल र सीपको रुपमा सहयोग गर्न सकेका छौं ।’

उनले भविष्यमा पनि यसरी नै सबैसँग जोडिएर ग्राहकलाई इनोभेटीभ प्रडक्ट र सेवा दिने बताइन् ।

सामसुङ प्लाजा इलेक्ट्रोनिक्स सामानहरुको लागि ब्रान्ड आउटलेट हो जहाँ इनोभेषन, एड्भान्स तथा सयम सापेक्ष इलेक्ट्रोनिक्स उत्पादनहरु पाइन्छ । जहाँ स्मार्टफोन, टिभी र अन्य होम अप्लाइन्सेसहरु पाउन सकिन्छ ।