काठमाडौँ– डा गोविन्द केसी शनिबारदेखि दाङमा सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारसँग यसअघि भएका सम्झौता कार्यान्वयन र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउन संसद्मा दर्ता गरिएको प्रस्ताव फिर्ता लिनुपर्ने माग डा. केसीका छन् ।


ADVERTISEMENT


प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता सहितका माग राख्दै डा. केसीले ११ औं पटकको अनसन बस्ने तयारीमा छन् । उनले आफ्ना माग पुरा गर्न शनिबारसम्मको अल्टिमेटम दिएका छन् ।


ADVERTISEMENT

# # #


तर, सरकारले माग पुरा गर्ने संकेत नदिएपछि डा केसी अनसन बस्ने तयारीमा छन् । सरकारसँग यसअघि भएका सम्झौताअनुसार दाङमा तत्कालै मेडिकल कलेज खोल्ने भनिए पनि अहिलेसम्म काम सुरु नभएको भन्दै सोही स्थानमा सत्याग्रह सुरु गर्न लागेको उनले बताए ।

डा. केसीले आफ्ना माग पुरा गरेरै काठमाडौँ फर्किने बताए । उनले भने ‘काठमाडौं बाहिरका माग पूरा गर्न बाहिरबाटै अनसनमा बस्न लागेको हुँ । माग पूरा गरेर मात्र काठमाडौँ फर्किन्छु’