काठमाडौं–डाक्टर गोविन्द केसीको पछिल्लो स्वास्थ्य स्थितिपछि बसेको नेकपाको आकस्मिक बैठकले उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने निर्णय गरेको छ ।


ADVERTISEMENT


केसीको स्वास्थ्यबारे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल रिपोर्टपछि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बैठक बसेको हो । उक्त बैठकले केसीलाई हेलिकप्टरमा काठमाडौं ल्याउनु उचित हुने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


‘डा. केसीलाई सिसियुमा राख्नुपर्छ भन्ने रिपोर्ट आयो’, श्रेष्ठले भने, ‘सरकार र हाम्रो पार्टीको पहिलो कर्तव्य डा. केसीको जीवन रक्षा गर्नु हो । चार पाँच दिनदेखि गम्भीरताका साथ वार्ता कमिटी बनाएर काम गरे पनि सहमति भएन । मेडिकल बुलेटिनपछि हामी सिरियस भयौं ।’

उनले वार्ता र सहमतिका लागि केही दिन लाग्ने भएकाले केसीलाई चिकित्सकको सुझाव अनुसारको अस्पतालमा राख्ने समझदारी जुटेको बताए ।

‘चिकित्सकको सुझाव अनुसार सिसियु भएको अस्पतालमा राख्नुपर्‍यो भन्ने निर्णय भयो’, श्रेष्ठले भने, ‘यद्यपी उहाँको अनसन र विचार बाँकी नै छन् । त्यसमा कुनै पनि प्रकारको आग्रह कसैले नराखी छलफल होस् भन्ने हामी चाहान्छौं । उहाँलाई काठमाडौं ल्याउने कुरा भएको हो ।’

अनसनरत डा. केसीको स्वास्थ्य परीक्षणमा सँलग्न चिकित्सकहरुको सार्बजनिक बिज्ञप्ति अनुसार उनलाई सिसियु सहितको अस्पतालमा राख्नु अनिबार्य भैसकेको छ । त्यसैले सबैले उनको जीवन रक्षालाई पहिलो प्राथमिकता बनाऔं । त्यसपछि खुला ढँगले मुद्दामा छलफल गरेर समाधान खोजौँ । कृपया निकृष्ट राजनीति नगरौ

डा. केसी चिकित्सा शिक्षा अध्यादेश अनुरूप सरकारले चिकित्सा शिक्षा विधेयक नल्याएको विरोधमा १९ दिनदेखि अनसनमा छन् ।

केसीले उपत्यकामा दश वर्ष मेडिकल कलेज खोल्न दिन नहुने र एक विश्वविद्यालले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने धारण राख्दै आएका छन् । केसीको मागका आधारमा अध्यादेशमा यी व्यवस्था गरिएका थिए । तर सरकारले संसदमा विधेयक लैजाने क्रममा यी प्रावधान हटाएको थियो ।

यता केसीले विधेयक फिर्ता नभएसम्म जुम्लाबाट काठमाडौं नआउने अडान लिँदै आएका छन् । सरकार भने अझै विधेयक फिर्ता लिने मुडमा छैन ।

वार्ता समितिका एक सदस्यका अनुसार नेकपाका उच्च नेताहरुले विधेयक स्थगन गर्ने प्रस्ताव राखेका छन् । तर, केसी भने स्थगन नभइ फिर्ता नै गर्नुपर्ने अडानमा यथावत् छन् ।

‘चिकित्सा शिक्षा विधेयकमा तर्क र तथ्यको आधारमा छलफल गरौंला’, प्रवक्ता श्रेष्ठले भने, ‘अब यो दोस्रो एजेण्डा बन्ने भयो। केसीको स्वास्थ्य अवस्था अप्ठेरोमा परिसक्यो । वार्ता अलिक दिन लाग्न सक्छ । जीवन रक्षा गर्ने र साथसाथै उनले उठाउनु भएको मुद्दा र मागबारे साथै चिकित्सा शिक्षा विधेयकबारे खुल्ला ढंगले छलफल गर्ने नेकपाको निर्णय हो ।’

आज जारी स्वास्थ्य बुलेटिनमा मुटुको चाल, श्वासप्रश्वासको गति र रक्तचापमा व्यापक गढबढी देखिएको उल्लेख छ ।

‘रगतमा सेतो रक्त कोशिकाको मात्रा झन घटेको छ । क्यानेला राखिएको दुवै हातमा संक्रमण देखिन थालेको अवस्थामा सेप्सिस भइहाले स्थिति थप बिग्रने छ’, मेडिकल रिपोर्टमा भनिएको छ, ‘कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मांसपेशी बाउँडिने समस्या झन बढेको छ भने छाति दुख्ने समस्याले डा।केसीलाई झन पिरोल्न थालेको छ । यसरी मुटुको चालमा गढबढी भइरहे बिरामीलाई सिसियुमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ ।’