काठमाडौँ– काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी भएक छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरेका छन् ।यसैगरी माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९०६ मत प्राप्त गरेका छन् । साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ मत र विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत प्राप्त गरेकी छन् ।


ADVERTISEMENT

# # #


दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले मतपरिणाम घोषणा गरेका हुन्।

यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरे । माओवादी केन्द्रकी सुशीला पौडेलले १०४४८ र साझा पार्टीकी निरुपमा यादवले ११५३३ मत प्राप्त गरेकी छन् ।

कुल दुई लाख ७९ हजार ३०६ मतदाता रहेको महानगरपालिकामा एक लाख ९७ हजार २२७ मत खसेको थियो भने छ हजार १८३ मत बदर भएको थियो । शाक्यको विजय जुलुस यही जेठ १६ गते हुने र सोही दिन शपथ ग्रहण गर्ने तयारी छ