पोखरा– गण्डकी प्रदेशको संसद बैठकलाई सम्बोधन गर्न बिहीबार पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समेत निरीक्षणमा पोखरा पुगेका प्रम ओलीलाई गण्डकी प्रदेश सभाको गेटमा बसेर कालोझण्डा देखाउन खोज्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा नेविसंघ निकट र नयाँ शक्तिसँग आवद्ध विद्यार्थीहरु रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेशको संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । निर्धारित समयभन्दा २ घन्टा ढिला गरी प्रदेश सभा आइपुगेका प्रम आजै पोखरा विश्वविद्यालयको सिनेट बैठकमा सहभागी भए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन पनि गरे ।