काठमाडौं– अनसनरत प्रा. डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै सरकारलार्इ दबाव दिन आज साँझ ‘क्यान्डललाइट सोलिडारिटी’ आयोजना हुँदै छ ।


ADVERTISEMENT


जुम्लामा अनसन बसेका डा. केसीलार्इ बिहीबार सरकारले बलपूर्वक काठमाडौं ल्याएको छ । उनी त्रिवि शिक्षण शिक्षण अस्पताल महाराजगञ्जमा आज पनि अनसनमै रहेका छन् । अनसनको २१ औं दिन बित्दा समेत उनका मागप्रति सरकार गम्भीर नभएको भन्दै डा. केसी बचाउ अभियानका अभियन्ताहरूले विशाल क्यान्डललाइट सोलिडारिटी गर्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


आज बेलुका ७ बजे माइतीघर मण्डलामा क्यान्डललाइट ऐक्यबद्धता कार्यक्रम राखिएको छ । अभियानले केसीका माग पूरा गर्न र उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

डा. केसीले सरकारले बल प्रयोग गरी अस्पताललाई युद्धभूमि बनाएर अपहरण शैलीमा काठमाडौं ल्याउँदा गरिएको ज्यादतीको विरोधमा विज्ञप्ती नै निकालेका छन् । वर्तमान सरकार फासीवादतर्फ उद्यत रहेको उनको आरोप छ । विज्ञप्तीमा केसीले अहिलेसम्मको ऐक्यबद्धताको लागि सार्वजनिक रुपमै धन्यवाद दिँदै थप ऐक्यबद्धताका लागि अपिल गरेका छन् ।