काठमाडौँ, फागुन ३ । आगामी फागुन ६ गतेदेखि ८ गतेसम्म बृहत् अन्तर्राष्ट्रिय कृषि मेला हुने भएको छ ।


ADVERTISEMENT


काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजरायल, बङ्गलादेश, जर्मनी, बेल्जियम, नेदरल्यान्डसहित १६ देशका २०० प्रदर्शनकर्ताले विभिन्न कक्ष समावेश गर्ने छन् ।


ADVERTISEMENT

# # #


आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउने उद्देश्यले सो मेला आयोजना गर्न लागेको जानकारी दिए ।

नेपालमा झन्डै रु एक अर्बभन्दा बढीको कृषि औजार आयात हुने गरेको छ । विशेषगरी धान, गहुँ, मकै, कोदोसम्बन्धी बाली लगाउने र भित्र्याउने प्रयोजनमा प्रयोग हुने कृषि औजार आयात हुँदै आएको छ ।

प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री एवम् पशुपालन उद्योगसम्बन्धी विभिन्न प्राविधिक गोष्ठीसमेत सञ्चालन गरिनेभएको छ ।

मिडिया स्पेस सोलुसन प्रालि फ्युचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी सङ्घको आयोजनामा हुन गइरहेको उक्त प्रदर्शनीमा कृषि विकास मन्त्रालय तथा कृषि इन्जिनियरिङ निर्देशनालय सहआयोजक पशुपक्षी विकास मन्त्रालय, कृषि उद्यम केन्द्र व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ सहयोगीका रुपमा रहेका छन् ।