काठमाडौं–प्यालेस्टाइनसँगको सीमा क्षेत्र गाजामा आफ्ना सैनिकमाथि आक्रमण गरिएको भन्दै इजरायलले गाजा पट्टीमा भीषण हवार्इ आक्रमण गरेको छ । उसले गाजाका विपक्षीका सैन्य अखडाहरूलाई निशाना बनाएको छ ।


ADVERTISEMENT


उत्तरी गाजा पट्टीस्थित हमासका १५ वटा सैन्य अखडा र खान युनिसस्थित थप २५ वटालाई निशाना बनाइएको इजरेली सेनाले जनाएको छ । सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा धेरै समयपछि इजरायली सेनाको ज्यान गएको हो ।


ADVERTISEMENT

# # #


गाजाका अधिकारीहरूका अनुसार इजयायली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु समूहका सदस्य थिए ।

सीमा क्षेत्रमा प्रदर्शनका क्रममा चौथो प्यालेस्टिनी नागरिक मारिएको अधिकारीहरूले बताएका छन् । गाजामाथि नियन्त्रण राखिआएको हमास समूहले इजरेलसँग एउटा युद्धविराममा सहमति भएको जनाएको छ । तर युद्धविराम सहमतिबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

इजरायलले गत हप्ता सन् २०१४ मा भएको युद्धयता पहिलो पटक हमासविरुद्ध ठूलो आक्रमण गरेको थियो । गाजा पट्टीबाट २०० भन्दा बढी रकेट तथा मोर्टार प्रहार गरेपछि इजरायली सेनाले भीषण हमला थालेको थियो ।