काठमाडौं– केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएसँगै गर्मी बढेको छ । काठमाडौंमा यो वर्ष सबैभन्दा धेरै ३३ दशमलव ३ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ ।


ADVERTISEMENT


मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा लगातार गर्मी बढ्दै गएको जनाएको छ । हिजो मात्र अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस र न्युनतम २१ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ । यो मापन यो वर्षको सबैभन्दा बढी रहेको महाशाखाले जनाएको छ । यसअघि जेठ दोस्रो साता यहाँ यस वर्षकै सबैभन्दा बढी ३१ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । साउन १ र २ गते यहाँको अधिकतम तापक्रम ३१ दशमलव ६ डिग्री पुगेको थियो ।


ADVERTISEMENT

# # #


गत असार २३ गते काठमाडौँको अधिकतम ताफक्रम ३१ दशमलव ५ डिग्री पुगेको थियो । निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर असार १८ गते काठमाडौँको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग्री पुगेको थियो ।

काठमाडौँ उपत्यकामा केही दिनयता निरन्तर घाम लागेका कारण तापक्रममा वृद्धि आएको महाशाखाको भनाइ छ । आजबाट भने मनसुनी गतिविधि सक्रिय हुने र देशका मध्य तथा पूर्वी भेगका धेरै स्थानमा वर्षा हुने मौसमविद् मीनकुमार अर्यालले बताएका छन् ।